
एजेन्सी । साविक विजेता बोरुशिया डर्टमन्ड जर्मन कपको अन्तिम-१६ बाटै बाहिरिएको छ।

जर्मनीको दोस्रो लिग डिभिजन क्लब सेन्ट पौलीसँग मंगलबार राती २-१ गोलले पराजित हुँदै डर्टमन्ड बाहिरिएको हो।
बिज्ञापन



खेलको सुरुवातमै सेन्ट पौलीले अग्रता लिएको थियो।

एटिएन्नी अमेनयीठोले बक्सभित्रबाट गोल गरेका थिए। ४० औं मिनेटमा एक्सेल विटसेलबाट आत्मघाती गोल भएपछि डर्टमुन्ट थप दबाबमा परेको थियो।
दोस्रो हाफमा एर्लिङ हलान्डले गोल गरे पनि डर्टमुन्ड खेलमा फर्कन सकेन।