
काठमाडाैँ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
बिज्ञापन



त्यस्तै आज राति पनि पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ ।