
सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ ।
अर्का एक जनाको ढाडमा चोट लागेको छ ।
उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।