ललितपुरमा वुस्टर डोज कार्यक्रम स्थगित
ललितपुर : ललितपुर महानगरपालिकाले वुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ । महानगरले आज सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।महानगरले यसअघि माघ १४, १६ र १७ गतेका लागि ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि थप मात्रा खोप ९वुस्टर० लगाउने गरि कार्यक्रम तय गरेको थियो ।

तर, सरकारले भेरोशिल खोप उपलब्ध गराउन नसकेको भन्दै अन्तिम समयमा खोप कार्यक्रम स्थगित गरेको हो ।

बिज्ञापन

हाललाई सो कार्यक्रम स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने महानगरको सूचनामा उल्लेख छ ।

कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएका ६० वर्ष माथिका व्यक्तिहरुले आ(आफ्नो वडामा सम्पर्क गरी कोभिशिल्ड खोपको वुस्टर डोज लगाउन पालिकाले अनुरोध गरेको छ ।