
वीरगञ्ज — नारायणी अस्पतालमा उपचाररत २ जना सङक्रमितको शनिबार उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालका कोभिड सेक्सन संयोजक डा. उदयनारायण सिंहकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरका ७३ वर्षीय सङक्रमित पुरुष र बारा जिल्लाको कलैया उपमहानगरपालिका ५ की ६५ वर्षिया संक्रमित महिला रहेका छन् ।
मृत्यु भएका पुरुषले कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए । उनमा मुटु रोगको समस्या थियो ।
मृतक महिलाले पनि कोभिडविरुद्धको खोपको दुवै डोज लिइसकेको परिवारजनले बताएको डा. सिंहले जानकारी दिए ।
कोरोनाको तेस्रो लहर सुरु भएयता वीरगञ्जमा मृत्यु हुने सङक्रमितको संख्या ६ पुगेको छ ।
कारोनाको पहिलो लहरकाबेला वीरगञ्जमा ८६ जना र दोस्रो लहरकाबेला ३४१ जना सङक्रमितको मृत्यु भएको थियो ।