भारतमा घट्दै कारोना संक्रमण : २४ घण्टामा १ लाख ६१ हजार संक्रमित
एजेन्सी : भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिपछि बढेको संक्रमण दर अहिले विस्तारै घट्दै गएको छ ।

दैनिक दुई लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले दैनिक संक्रमितको संख्या घटेको हो ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, २ लाख ८१ हजार १०९ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ पुगेको छ ।

संक्रमण दर घटे पनि मृत्यु दर भने भारतमा पछिल्लो समय ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७३३ जना संक्रमितको मृत्यु भएको छ ।

मंगलवार भारतमा एकैदिन १ हजार १९२ जनाको मृत्यु भएको थियो । भारतमा संक्रमणका कारण कुल मृतकको संख्या ४ लाख ९७ हजार ९७५ पुगेको छ।