२४ लाख मात्रा खोप हराएको छैनः मन्त्री खतिवडा

काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप नहराएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सय दिनको प्रगतिविवरण सार्वजनिक कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको स्पष्टीकरण दिएका हुन् ।

बिज्ञापन

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्याङ्क आउन बाँकी रहेकोले २४ लाख अपुग देखिएको उनले जानकारी दिए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समितिले छानबिन गरिरहेको पनि मन्त्री खतिवडाले बताए ।

मन्त्रालयले समितिलाई दुई हप्ताको समय दिएको छ । केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको खोपको विवरणको रिपोर्ट समितिले फागुन २ गते भित्र रिपोर्ट तयार पार्ने बताइएका छ । र्छ’ मन्त्री खतिवडाले जानकरी दिनुभयो ।

त्यस्तै गरी २०७९ बैशाख मसान्तसम्म १२ वर्षमाथिका सबै लक्षित जनसंख्या सबैलाई कोभिड–१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।