देउवासँग ओलीको आग्रहः ४ वटा प्रदेश सरकार दिनुहोस्, एमसीसी पास गर्न सहयोग गर्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री देउवासँग आफूलाई ४ वटा मन्त्रालय दिन आग्रह गरेका छन्। बिहिबार बेलुका ओली निवास बालकोट पुगेका प्रधानमन्त्री देउवासँग ओलीले यस्तो आग्रह गरेका हुन्।

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीसँग एमसीसी पास गर्न सरकारलाई सहयोगको लागि आग्रह गर्न आफ्नै निवास आएका प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीले यस्तो आग्रह गरेका थिए। प्रधनमन्त्री देउवाले ओलीलाई संसद अवरोध हटाउन र एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेपछि उनले देउवासँग यस्तो आग्रह गरेका हुन।

बिज्ञापन

सरकारले टेवल गर्ने एमसीसी प्रस्तावलाई एमालेले सहयोग गर्नका लागि ६ वटा माग गरेका छन्। जसमा उनले ४ वटा प्रदेश सरकार आफूलाई फर्काउन पर्ने, माधव नेपालको पार्टीलाई खारेज गर्नु पर्ने, सभामुख अग्निप्रसाद सापकोटालाई हटाएर जेल हाल्नु पर्ने, चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउनु पर्नेलगायतको माग गरेका छन्।

ओलीले आफ्नो पार्टीले सुरुमा पाएको ४ वटा प्रदेश सरकार आफूलाई फिर्ता दिए प्रधानमन्त्रीमा आफ्नो पार्टीको कुनै दाबी नहुने बताएका छन्। उनले आफूले अघि सारेका प्रस्ताव माने संघीय सरकारको प्रधानमन्त्रीमा दाबी नगर्ने भनेका हुन्।