जसपाले दिउँसो २ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै

जनता समाजवादी पार्टी ९जसपा०ले आज आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैछ ।

३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि जसपाले प्रतिबद्धता सार्वजनिक गर्न लागेको हो ।

बिज्ञापन

दिउँसो २ बजे अल्फाबिटा होटेलमा जसपाको प्रतिबद्धता सार्वजनिक कार्यक्रम राखिएको छ ।

जसपा सत्तारुढ पाँच दलीय गठबन्धनसँग मिलेर चुनावमा होमिएको छ । नेपाली कांग्रेसले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ  ।

यसअघि एमाले लगायतका दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।