संचार मन्त्री बांँस्कोटा विवादमा

बिहिबार, चैत्र २१, २०७५
संचार मन्त्री बांँस्कोटा विवादमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले हचुवाको भरमा प्रेस पास र मिडिया नवीकरणका लागि लगाएको प्रावधान ठूलै विवादमा परेको छ । साना लगानीका मिडिया तथा स्वरोजगारमुखी मिडिया एवम् व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी सरकारले गरेको बाध्यात्मक कार्यविधि ल्याएको सरोकारबालाहरूको बुझाइ छ ।

श्रमजीवी पत्रकारहरूको हक हितको संरक्षणको नाममा हचुवाको भरमा कार्यविधि बनाएकोमा समग्र सञ्चार क्षेत्र तरगिंत बनेको छ ।सूचना विभागले प्रेस पास र मिडिया नवीकरणका लागि पत्रकार, कामदार र कर्मचारीहरूको वैयक्तिक विवरण बुझाउन बाध्यात्मक कार्यविधि बनाइएकोमा सबै मिडियाकर्मीहरूले सूचनामन्त्री बास्कोटाको विरोध गरेका छन् ।सूचना विभागले प्रेस पास र मिडिया नवीकरणका? लागि ल्याएको वाध्यात्मक प्रावधानको परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको छ ।

साना लगानी र स्वरोजगारमुखी मिडियाको स्पस्ट वर्गीकरण गर्नुपर्ने देखिएको छ । साना ठूला सबै मिडियाका लागि एकै किसिमको प्रावधान राख्नु अनुचित भएको कतिपयको बुझाइ रहेको छ । श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको हकहितलाई संरक्षण हुने गरी,अभिव्यक्ति स्वतन्त्रताको अभिवृद्धि हुने गरी कार्यविधि बनाउनुपर्ने आवश्यकतालाई सरकारले बुझ्नुपर्ने देखिन्छ ।

यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्। कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन् वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।
प्रतिक्रिया दिनुहोस !