ओली नेतृत्वको सरकारले देशलाई सैन्य गठबन्धनतिर लैजाने कोसिस गर्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेर देशलाई सैन्य गठबन्धनतिर लैजाने प्रयास गरे पनि रोकेको बताएका छन् । ‘एसपीपी खारेज गर्ने भूमिका हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन गर्नु हुँदैन’ प्रचण्डले भने, ‘ओली नेतृत्वको सरकारले नै एसपीपी सम्झौता गरेर सैन्य गठबन्धन गरेर देशलाई लैजानेको सुरुवात गरेका हुन् । यसको जिम्मा उनले लिनुपर्छ । हामीले मान्दैनौ ।’

आफूले एसपीपी सम्झौता खारेज गरिन्छ भन्दा उल्टै एमालेका नेताले नै चुनौती दिएको प्रचण्डले बताए । ‘मैले एसपीपी खारेज गरिन्छभन्दा चुनौती भएको थियो । संसदमा एमालेका एक नेताले चुनौति दिन्छु भनेका थिए । त्यसको ३/४ घण्टामा पत्र नै बाहिर आयो । त्यो चुनौति पनि खतम भयो’ प्रचण्डले भने ।