दमक आउँदै गरेको बस संखुवासभामा दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए ।

झापाको दमक आउँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । ​दुर्घटना घाइतेहरूको उद्धार गरी चैनपुर अस्पताल पठाएको छ ।