कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो।

आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने छ।पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ।

बिज्ञापन

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

यस्तै, बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र, गठबन्धनसँगको तालमेल लगायतका विषयमा पनि छलफल गर्ने मुख्यसचिव पौडेलले बताए। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ।