
युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्।

क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।



सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १(० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।

यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले पोर्चुगीच क्लब बेनिफिकालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। लिभरपुलले बेनिफिकालाई ३(१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा इब्राहिमा कोनाटे, साडियो माने र लुइस डियाजले एक एक गोल गरेका थिए। त्यस्तै बेनिफिकाका लागि डर्विन नुनेजले एक गोल फर्काएका थिए।
यी दुईबीचको दोस्रो लिग पनि अप्रिल १४ मै हुने छ।