
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् ।
यी दुई टोली बीचको खेल टियु क्रिकेट मैदानमा १२:३० बजे सुरु हुनेछ।
अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ।
मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो। फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ।
आजको खेलमा जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। नेपाल लगातार तीन खेल जितेर फाइनल पुगिसकेको छ ।