चट्याङ लागेर एक जनाको मुत्यु

ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको हो।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो।

बिज्ञापन

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएका उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।