नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीको विश्व समुदायलाई आग्रह
 राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।

नेपालजस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग सहयोग गर्न आग्रह नगरेकी हुन् ।

बिज्ञापन

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।

भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आवश्यक्ता औंल्याइन् ।

जलवायु परिवर्तनका कारण हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै भण्डारीले त्यसबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।