
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् । पार्टीभित्र बहस, मतभेद हुनु स्वाभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णयअनुसार सबै अघि बढ्नुपर्नेमा उनको जोड छ ।
बिज्ञापन



चुनावी तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने महामन्त्री थापाको जिकिर छ । थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारेका छन् ।
