विप्लवको कारबाही खारेज : हेमन्तप्रकाश र धर्मेन्द्रले के भने ? (पत्रसहित)

नेपाल कम्युनिस्ट पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले गरेको कारबाहीको अर्थ नभएको निष्कर्ष निकालेको छ । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले गरेको कारवाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्तीहरू सच्याउन उनलाई आग्रह गरिएको हो।

विज्ञप्तिमा हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले पार्टी निर्माणमा लाग्न केन्द्रीय समिति, जनवर्गीय संगठन, सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग र राजबन्दी सबैलाई आग्रह गरेको छ । विप्लवमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएकाले त्यसका विरुद्ध संघर्ष गरेको हेमन्तप्रकाश धर्मेन्द्र पक्षको भनाइ छ।