चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् । उनी कुमरोज सामुदायिक वनमा आइतबार बिहान घाँस काट्न गएका थिए ।

बाघको आक्रमणबाट उनको घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट  एकजनाको मृत्यु भएको थियो ।