महिनावारी भएका बेला महिलाहरूलाई बिदा दिलाउलन पहल गर्छु : सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउन पहल गर्ने बताएकी छन् । आइतबार श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफूले जितेमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने समेत बताइन् । साथै, महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने समेत उनको भनाइ छ ।

उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति–कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौँ ।’