सुनचाँदीकै भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेको छ ।

छापावाल सुन आज प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।