मेयरका उम्मेदवारको गाडीमा आगजनी

विराटनगर- मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।

बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको प्रहरीले जनाएको छ ।तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गौतमको घरको सिसिटिभीको फुटेजका आधारमा राति १ बजेर ४० मिनेटमा सुभाष पाण्डेले गाडीमा पेट्रोल छर्केर आगजनी गरेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।