खेलकुद आईपीएलको उपाधिमा आज मुम्बई र दिल्ली भिड्ने, जितको कस्को होला?

विश्व चर्चित इन्डियन प्रिमियर लिग अन्तरगतको आईपीएल क्रिकेट खेलमा आज मुम्बई र दिल्लीको भिडन्त हुने भएको छ ।

यूएईमा भइरहेको उक्त खेलको १३ औँ संकरण फाइनल आज हुने भएको हो । त्यस खेलमा उपाधिको लागि यूएईस्थित दुबईको खेल मैदानमा हुनेछ । मुम्बई साविक विजेता टिम रहेको छ ।

बिज्ञापन

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गर्न सफल भएको छ । खेलको दोस्रो क्वालिफायरमा हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । यता दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको छ ।

यस खेलको सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक पराजीत गरेको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि हासील गरिसकेको छ ।