संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा

काठमाडौं । सत्ता गठबन्धनको बैठक केहीबेरमा बस्दैछ ।

पार्टीनिकट कर्मचारीको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक केहीबेरमा बस्न लागेको बताएको बताएका हुन् । उनी गठबन्धन बैठक भन्दै कार्यक्रमबाट निस्किएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।