
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका लागि सक्रिय भएका छन् ।नेकपा एसले सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेपनि अध्यक्ष नेपालले दौडधुप बढाएका हुन् ।नेपालले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग अध्यक्ष नेपालले मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् ।

प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरो छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइन्छ ।बुधबार गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय प्रवेश गरेपनि प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौंला भनेका थिए । बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन प्रधानमन्त्री देउवाले अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।



