‘एलएमा मलाई घर जस्तै महसुस भयो’

वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसीमा आफूलाई घर जस्तै महसुस भएको बताएका छन् । ३२ वर्षीय रियल म्याड्रिड र टोटनहमका पूर्व फरवार्ड बेल फ्रि ट्रान्सफरमा एलएमा गएका हुन् ।
नौ वर्षको स्पेनिस क्लब फुटबलमा बिताएका बेलले एलएससँग सन् २०२४ सम्मको सम्झौता गरेका छन् । बेल शुक्रबार क्यालिफोर्निया पुगेका थिए । उनले एलए र एलए ग्यालेक्सीबीचको खेल हेरेका थिए ।

‘मलाई यहाँ छोटो समयमा नै घर जस्तो महसुस भयो । म मैदानभित्र छिर्दा नै अविश्वसनीय स्वागत मिल्यो,’ बेलले भने । सिजनको अन्त्यमा रियलसँगको सम्झौता सकिएपछि बेल एलए गएका थिए । सन् २०५८ पछि वेल्सलाई विश्वकपमा छनोट गर्न महत्वपूर्ण योगदान गरेका बेलले आफू एलएबाट खेल्न उत्साहित भएको बताए ।

बिज्ञापन

बेलले आफ्नो अब अन्तिम तयारी भनेको एलएको मैदानमा खेल खेल्नु भएको बताउ । उनले टिमका लागि उपाधि जित्न महत्वपूर्ण योगदान गर्ने पनि बताए । ‘अब मेरो अन्तिम तयारी एलएमा खेल्नु हो । क्लबलाई लिग उपाधि जिताउन योगदान गर्नेछु । त्यसको लागि म पहिले आफ्नो बेग्लै छाप छोड्न चाहन्छु,’ बेलले भने ।

बेलले टिममा रहेका युवा खेलाडीहरुलाई पनि साथ र हौसला दिने बताए । त्यस्तै क्लबलाई व्यवसाहिक बनाउन सक्ने बताएका छन् । ‘यो एक युवा टोली हो । म यहाँ युवा खेलाडीहरुलाई धेरै सहयोग गर्नेछु । उनीहरुलाई प्रोफेसनल फुटबल खेलाडीको रुपमा कसरी स्थापित हुन सकिन्छ भन्ने कुरामा पनि सल्लाह दिनेछु,’ बेलले भने ।