
काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रविधि हस्तान्तरण भन्दै स्थानी २७ ‘पत्रकार’ लाई ल्यापटप बाँडेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेकै पहलमा ५० हजार रुपैयाँ मूल्य पर्ने डेल कम्पनीको ल्यापटप वितरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाको सिफारिसका आधारमा पत्रकारहरुको नाम छनोट गरिएको थियो । २७ जनाको सूचीमा अन्य व्यवसाय गर्ने गैरपत्रकार पनि परेको भन्दै विवादसमेत उब्जिएको छ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखा अध्यक्ष राजाराम शर्माले २७ थान ल्यापटप वितरण भएको स्वीकार गरे । ल्यापटप पाउनेहरु सबै खाँटी पत्रकार नै भएको उनको भनाइ छ ।
शर्माले भने, ‘पत्रकारले पनि अन्य व्यवसाय गरेका हुन्छन् । हामीले सिफारिस गरेकाहरुलाई नै वितरण गरिएको छ । सबै सक्रिय पत्रकार नै हुन् ।’नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले ल्यापटप वितरणको विषयमा केन्द्रमा कुनै जानकारी नआएको बताए ।
मुख्यमन्त्री विशेष कार्यक्रम अन्तगत पत्रकारहरुलाई खुशी पार्न बाग्मती सरकारले ल्यापटपमा १३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
हेर्नुस् ल्यापटप पाउनेहरुकाे सूची: