गाडी आयातमा थप कडाइ, १५० सीसी माथिका मोटरसाइकल पूर्ण प्रतिवन्ध

अटोमोबाइल आयातमा सरकार थप कठोर बनेको छ । गाडी आयातमा यसअघिको नीतिमा थप कडाइ गर्दै सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण  प्रतिवन्ध लगाएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।

यस्तै, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको एलसी  प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । गाडीको साथै सबै किसिमका कुरकुरे, कुर्मुरे जस्ता खाद्यवस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सुर्तीजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ । तीब्र आयातसँगै बढेको व्यापार घाटा कम गर्न र विदेशी मुद्रामा परेको चापलाई सन्तुलनमा राख्न सरकारले यस्तो नीति लिएको हो ।

बिज्ञापन