नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गणेश लामा अरु को  को परे हेर्नुस्

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको करिब एक महिनापछि शुक्रबार बस्न लागेको बैठकले फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको एकतालाई पूर्णता दिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकले दुई वर्षअघि ३० असोज २०७४ मा नेपाली कांग्रेससँग समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँगको एकतालाई पूर्णता दिन केन्द्रीय कार्यसमिति बैठकमका १३ जनालाई मनोनित गर्न लागिएको हो ।

स्रोतका अनुसार केन्द्रीय कार्य समितिमा सांसद जितेन्द्रनारायण देव, पूर्वमन्त्री रामजनम चौधरी, भारतेन्दुकुमार मल्लिक, महेश कोर्मोचा, गणेश लामा, वीरेन्द्र नेपाली, योगन्द्र चौधरी, सुमित्रा थारु, गोपाल दहित, नसिद सिद्धिकी, हरि न्यौपाने, श्रीकुमार गुर्माछाने, यसोदा लामालाई ल्याउन प्रस्ताव गरिएको छ ।

पार्टी एकीकरण भएको करिब ६ महिनापछि गच्छदार पार्टी संसदीय दलको उपनेतामा र एक वर्षपछि पार्टीको उपसभापतिमा मनोनित भएका थिए । लोकतान्त्रिक फोरमबाट आएका नेताहरुले पार्टीमा कुनै अवसर नपाएपछि गुनासो र असुन्तुष्टि जनाउँदै कांग्रेसको औपचारिक कार्यक्रममा उपस्थित हुन छाडेका थिए ।

यसअघि पुसमा सम्पन्न कांग्रेसको महसमिति बैठकमा फोरम लोकतान्त्रिकबाट आएका दुई सय ५० जनलाई महासमिति सदस्यको हैसियतमा प्रतिनिधित्व गराइएको थियो ।

गच्छदारले आफ्नो पार्टीको तर्फबाट २५ जना केन्द्रीय सदस्य बनाउन सभपाति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् ।

एक साता लामो पदाधिकारीको अनौपचारिक बैठकले गच्छदार नेतृत्वको फोरमबाट आएका नेतालाई कांग्रेसमा जिम्मेवारी दिनको लागि क्रियाशिल सदस्यताको संख्यालाई मापदण्ड बनाउने भएको छ ।

एक सयभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लामा एक सहसचिव र दुई सदस्य कम्तिमा दिने सहमति भएको छ ।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले आफ्नो संगठन देशका ५० बढी जिल्लामा भएको दाबी गरे पनि २० जिल्लाको संगठन भने प्रभावकवारी रहेको छ ।