
आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियन कप फुटबलको दोश्रो छनोट अन्तर्गत जुन ११ अर्थात् आज नेपाल र अस्ट्रेलिया भिड्दै छन् ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुने उक्त खेल छनोटको पहिलो लेग खेलमा हार व्यहोरेको नेपालका लागि यो बदला लिने अवसर पनि रहेकोछ ।



बलियो टोली अस्ट्रेलियाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने पक्कै हुनेछैन । नेपालले अघिल्लो खेलमा जोर्डनसॅंग ३-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल भन्दा फिफा बरियतामा एक सय ३० स्थान माथि रहेको अष्ट्रेलियासँगको खेल नेपाली टिमका लागि खेल्न निकै कठिन हुने देखिएको छ ।
एशियाली महादेशमा आएपछि विश्वकप खेल्ने नियमित टिम जस्तै बनेको अष्ट्रेलियाले कतार विश्वकपका लागि पनि स्थान बनाइसकेको छ । त्यसैले नेपालविरुद्ध अष्ट्रेलियालाई कुनै दबाव छैन ।
अष्ट्रेलियाले नेपालविरुद्ध उत्रदा टिममा निकै परिवर्तन गर्ने संभावना पनि रहेको छ ।
हाल फिफा बरियतामा ४१ औं स्थानमा रहेको अष्ट्रेलिया समूह बीको शीर्ष स्थानमा छ । उसको ६ खेलमा १८ अंक रहेको छ । उसले छनोट चरणमा २४ गोल गर्दा दुई गोल खाएको छ ।
अष्ट्रेलियाले दुई गोल तालिकाको पुछारमा रहेको चाइनीज ताइपेईसँग खाएको छ ।
हेड टु हेड
नेपाल र अष्ट्रेलिया दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपाल पाँच शुन्यले हारेको थियो । त्यो बेला अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले तीन गोल गरेका थिए ।
अष्ट्रेलियाविरुद्ध नेपाली टिममा केहि परिवर्तन हुन सक्ने संभावना रहेको छ । त्यसमा डिफेन्समा परिवर्तन हुन सक्नेछ भने युवा खेलाडीले पनि मौका पाउने संभावना रहेको छ ।