मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रशन गरेका छन् ।

बिज्ञापन

उनले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गरेका छन् । सांसद खनालले एसपीपीको बारेमा अमेकिरालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गरेका छन् ।

सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरु गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताएका छन् ।