बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहरमा राजनीति गर्न नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले फोहरमा राजनीति गर्ने र बालेन साहलाई असफल बनाउने काम गर्न नहुने तर्क गरेका हुन् ।

‘काठमाडौंका मेयर बालेन साह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो। त्यसबारे उहाँले एक वर्ष भित्र दीर्घकालिक समाधान खोज्नुपर्छ। अध्यक्ष थापाले भनेका छन्,त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’

बिज्ञापन