नेपाल आज अफगानिस्तानसंग भिड्दै

एजेन्सी । ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसीपको छनोटको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । उर्मीयामा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे मैदान उत्रदा दुबै टोली सान्त्वना जितको खोजीमा रहनेछन् । दुबै टोली उज्वेकिस्तान र ताजाकिस्तानसंग पराजित भएका थिए ।

ताजाकिस्तानले नेपाललाई ६–० र अफगानिस्तानलाई ५–२ ले हराएको थियो । त्यस्तै उज्वेकिस्तानसंग नेपाल ४–१ ले र अफगानिस्तान ६–२ ले पराजित भएका थिए ।

बिज्ञापन

लगातार दोस्रो हारसंगै छनोट चरणबाटै बाहिरिएका दुबै टोली पहिलो अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्यको योजनामा रहेका छन् । सेन्ट्रल र साउथ जोनबाट प्रतिस्पर्धा गरेका ताजाकिस्तान, उज्वेकिस्तान, ईरान र किर्गीस्तान च्याम्पियनसीपका लागि छनोट भएका छन् । तुर्कमेनिस्तानले आयोजकका नाताले च्याम्पियनसीप खेल्नेछ ।