गौरादहमा नेट प्रदायक संस्थाले किन तिर्दैन विद्युत् प्राधिकरणलाई भाडा ?

गौरादह/नागरिकलाई महसुल तिर्न ढिलाे गर्दा जरिवाना र नेट प्रदायक संस्थाले बिधुतकाे पाेलबाट तार ताने बापत भाडा लिने विद्युत् प्रधिकरणले नागरिककाे नम्बरी जग्गामा विद्युत् का पाेल राखे बापत भाड तिर्दैन।

ईनटरनेट चलाउने संस्थाले नागरिकको घरमा नेट जडान गर्न नेटका तार विद्युत् पाेलकाे प्रयाेग गरि लगेका छन। विद्युत् प्राधिकरणले नेट चलाउने संस्थाहरु सँग किलोमिटरकाे आधारमा भाडा लिने गरेकाे छ।विद्युत् काे पाेल प्रयाेग गरि नेटकाे तार लगेबापत नेट चलाउने संस्थाले विद्युत् प्राधिकरणलाई प्रति किलोमिटर ७ हजारका दरले भाडा तिर्ने गरेका छन।

बिज्ञापन

केन्द्रीय टेलिकम र प्राधिकरणकाे समितले गरेकाे निर्णय अनुसार नेट प्रदाय संस्था सँग भाडा लिने गरेकाे विद्युत् प्राधिकरण शाखा गौरादहकाे भनाइ छ। सुरुवाती समयमा नेट प्रदायक संस्थाले भाडा तिरेपनि बिगत ३ बर्ष देखि भाडा नतिरेकाे विद्युत् प्राधिकरण गौरादह शाखा प्रमुख धिरेन्द्र बजगाईले बताएका छन। विद्युत् प्राधिकरणले नेट प्रदायक संस्था सँग नेटतार लगेवापत भाडा लिदा इन्टरनेट चलाए बापत नागरिकले महँगो शुल्क तिर्नु परेकाे छ।

समयकाे माग सँगै इन्टरनेटकाे समय आएकाले नागरिकले सस्तो र सुलभ मुल्यमा नेट चलाउन पाउनु पर्नेमा प्राधिकरणले नेट चलाउने संस्था सँग भाडा लिदा नेटकाे शुल्क महँगो हुन पुगेकाे छ। प्राधिकरणले नेट चलाउने संस्था सँग लिएकाे भाडा नेट प्रदायक संस्थाले नागरिलाई बाेकाउदा सेवाग्राही मारमा परेका छन।

विद्युत् प्राधिकरणले नागरिकलाई सेवा दिन गाउँ -गाउँमा बिधुत बिस्तार गर्दा नागरिकको नम्बरी जग्गाबाट बिधुत पाेल राखेकाे छ। विद्युत् पाेल राख्न ब्याक्तीकाे निजी जग्गा प्रयाेग गरेवापत प्राधिकरणले जग्गाको भाडा तिर्नु पर्ने हाे। मासिक रुपमा बिधुत मिटर रिडिङ गरेपछि महसुल तिर्न ढिलाइ भएमा प्राधिकरणले नागरिकलाई जरिवाना लिने गरेकाे छ। ताेकिएकाे समयमा विद्युत् महसुल नतिर्दा जरिवाना लिने प्राधिकरणले ब्याक्तीकाे निजी जग्गामा पाेल राखेर ब्यापार गरेपछि जग्गाको भाडा तिर्नु पर्ने नागरिकको भनाइ छ। समयमा महसुल तिर्दा छुट र ढिलाइ गरेमा जरिवान लिने प्राधिकरणले ब्याक्तीकाे जग्गामा पाेल राखे बापत भाडा तिर्दैन।

प्राधिकरणले नागरिकलाई ताेकिएकाे समय सिमा भित्र महसुल तिरेमा प्राेत्साहन स्वरुप भन्दै २ प्रतिशत छुट दिने गरेकाे छ। प्राेत्साहन स्वरुप २ प्रतिशत छुट दिएपनि जरिवान लिदा कम्तिमा ५ प्रतिशत लिने गरेकाे छ। प्राधिकरणले महसुल सेवामा छुट दिने भन्दापनि जरिवान लिनेमा रसाकस्सी गरेकाे देखिन्छ। प्राधिकरणले १५ दिन सम्म जरिवाना नलिएपनि १६ औ दिन देखि २२ औ दिन सम्म ५ प्रतिशत, २३ औ दिन देखि ३० दिन सम्म १० प्रतिशत, ४० दिन कटेमा २५ प्रतिशत र ६० दिन कटेमा बिना सुचना लाइन काटिने विद्युत् प्राधिकरण गौरादह शाखा सुपर भाइजर राम चन्द्र ठाकुरले बताएका छन।

नागरिकलाई प्राधिकरणले विद्युत् उपलब्ध गराए बापत महिना दिन पर्खिएर महसुल लिने गरेकाले समयमा महसुल बुझाउदा नागरिकलाई अफ्ट्यारो आइ नलाग्ने प्रमुख बजगाईकाे भनाइ छ।प्राधिकरणले बिच जग्गामा बिधुत पाेल राखेकाले किसानलाई खेती गर्न पनि समस्या भएकाे छ। विद्युत् बिस्तारकाे सुरुवाती समयमा प्राधिकरणले नागरिककाे जग्गामा पाेल राखेपनि पछिल्लो समयमा सडक बिस्तार हुदा धेरैजसो पाेलहरु सडक वा नालामा परेकाे नेपाल विद्युत् प्राधिकरण शाखा गौरादहका प्रमुख बजगाई बताउँछन्। तत्काल केही पाेलहरु ब्याक्तीकाे जग्गामा देखिएपनि सडक बिस्तार हुदा पाेलहरु सडक वा नालामा पर्ने प्रमुख बजगाईकाे भनाइ छ।