राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई बोलाइन् छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुलाई पनि छलफलमा बोलाएकी छन् ।

सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् । छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।