
एजेन्सी । भारतको महाराष्ट्रको १९ औं मुख्यमन्त्रीमा उद्धव ठाकरेले शपथ लिएका छन् । ठाकरेले बिहीबार १९ औं मुख्यमन्त्रीको सपथ लिएका हुन् । ५६ जना विधायिका भएको शिवसेनाका प्रमुख ठाकरे राष्ट्रवादी काँग्रेस र काँग्रेस आईको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका हुन् ।




उद्धवका साथ एनसीपीका जयन्त पाटिल, छगन भुजबल, शिव सेनाका एकनाथ शिन्दे, सुभाष देसाई, बालासाहेब थोरात र काँग्रेसबाट नितिन राउतले मन्त्री पदको शपथ लिएका छन्। महाराष्ट्रमा कूल ४३ जना मन्त्रीहरु बनाउन सकिन्छ । जसअनुसार शिवसेनाका १५, एनसीपीका १६ र काँग्रेसका १२ जना मन्त्री बन्नेछन्। कसले कुन मन्त्रालय पाउने भन्ने विषय भने टुुंगिएको छैन ।

सपथग्रहण समारोहमा भारतका चर्चित उद्योगपति मुकेश अम्बानी, उनकी पत्न्री निता अम्बानी पनि उपस्थित भएका थिए । यसबाहेक मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ, काँग्रेसका वरिष्ठ नेता अहमद पटेल र उद्धवका भाई राज ठाकरे पनि सपथ समारोहमा उपस्थित थिए। महारष्ट्रको विधानसभामा कूल २८८ सीट रहेको छ ।
गत महिनाको विधानसभा चुनावमा ५६ जना विधायिका सहित शिवसेना दोस्रो सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको छ । ठाकरे मुख्यमन्त्री बनेपछि विधानसभा अध्यक्षको पद काँग्रेसले पाउन भएको छ । विधानसभा अध्यक्षमा काँग्रेसका पृथ्वीराज चौहानका नाम अघि आएको छ । यद्यपि, विधानसभा अध्यक्षमा को आउँछ, त्यो भने निश्चित भैसकेको छेन ।
पूर्वप्रधानमन्त्री मनमोहन सिंहले उद्धव ठाकरे मुख्यमन्त्री बनेकोमा बधाई दिँदै एक पत्र लेखेका छन्। पत्रमा सिंहले लेखेका छन्, ‘तपाईले महाराष्ट्रको १९ औं मुख्यमन्त्रीको शपथ लिएकोमा म खुसी छु। यो ऐतिहासिक अवसर हो र म तपाईंको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछु।’