ओली नेतृत्वको नेकपाद्वारा दाङमा र्‍याली

दाङ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा समूहले आज (बिहीबार) दाङमा र्‍याली निकालेको छ । आज राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बृहत्त युवा भेला तथा प्रशिक्षण कार्यक्रम अघि तुलसीपुर चोकबाट र्‍याली निकालिएको थियो । र्‍याली पछि आयोजना गरिएको वृहत्त युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य महेश बस्नेले सम्बोधन गरका छन् ।

प्रशिक्षण कार्यक्रम गणेश चलचित्र मन्दिरमा आयोजना गरिएको छ।
र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए ।

बिज्ञापन