
एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४–० अन्तरले पराजित गरेको हो ।

उरुग्वेलाई जित दिलाउनका लागि निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेज गोल समान एक/एक गोल गरे भने एक गोल उपहार पाएको थियो । खेल सुरु भएको छैटौँ मिनेटमै लोडेरियाले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।
खेलको २४औं मिनेटमा इक्वेडर १० खेलाडीमा सीमित भएपछि दबाब पर्याे । इक्वेडरका खेलाडी जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेका थिए, त्यसपछि उरुग्वेले एकतर्फी दबाब बढाउन थाल्यो ।
खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । त्यसको ११ मिनेटपछि स्वारेज गोल गर्दै पहिलो हाफमै ३-० गोलको सहज अग्रता दिलाए ।
दोस्रो हाफमा गोलको खोजीमा रहेको इक्वेडर अझै दबाबमा पयो । दोस्रो हाफमा पनि उरुग्वेले आक्रमण खेले तर गोल भने गर्न सकेन । उरूग्वेले इक्वेडर पाेस्टमा १६ पटक प्रहार गर्दा इक्वेडरले उरूग्वेकाे पाेस्टमा २ पटक मात्रै प्रहार गर्याे ।

इक्वेडरले ७८औं मिनेटमा इक्वेडर आत्मघाती गोल गर्यो । बक्सभित्र बल क्लियर गर्नेक्रममा अर्टुरो मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि खेल उरुग्वेले ४–० ले जित्यो ।
अब यो जितपछि उरुग्वेले पहिलो खेलबाट ३ अङ्क जोड्दै समूह ‘सी’को शीर्ष स्थान लिएको छ । पराजित इक्वेडर पुछारमा छ भने चिली र जापानले भोलि बिहान आफ्नो पहिलो खेल खेल्दैछन् ।