
धादिङ । जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा आज दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ ।

बिज्ञापन



अन्य ९ जना घाइते भएका छन् । बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार , सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ, भने २१ वर्षीया सविता अधिकारीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ ।