
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।
बिज्ञापन



प्रचण्ड नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिरहेका बेला ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।
