तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।

बिज्ञापन

यसअघि  होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार  मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
वडा अध्यक्ष गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै छोराबुहारी, अरु दुई छोरीसहित परिवारका पाँच सदस्यलाई कोरोना देखिएको थियो । परिवारका अन्य सदस्य क्रियापुत्रीमा बसेका छन् भने बुहारी र दुई नातिनी अहिले  होम आइसोलेसनमा छन् ।