
काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग अन्तर्गत आज पनि एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थण्डर्सबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आजको खेलमा धनगढीलाई सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ । धनगढी हाल ४ खेलमा ७ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।
यता पोखराको भने ४ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
बिज्ञापन



