मेलिन्डाको नाममा बिल गेट्सले गरे २.४ अर्ब डलरको सेयर ट्रान्स्फर

माइक्रोसफ्टका संस्थापक तथा अमेरिकि धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा ले दुइ दिन अघि मात्र सामाजिक संजाल मार्फत डिभोर्सको घोषणा गरेका थिए।विवाह भएको २७ वर्ष पश्चात गेट्स दम्पत्तिले यस्तो निर्णय लिएको हो।

यस लगत्तै बिल गेट्सले मेलिन्डाका नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्स्फर गरिदिएका छन्।वाल स्ट्रीट जर्नलका अनुसार उनीहरुले सम्बन्धविच्छेद घोषणा गरेकै दिन मेलिन्डाको नाममा सेयर ट्रान्स्फर गरिएको हो।मेलिन्डा अब दुइ मेक्सिकन कम्पनीहरु,बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर बनेकी छिन।

बिज्ञापन

यससँगै बिल गेट्सले क्यानडियन नेसनल रेल्वे कम्पनि र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्स्फर गरेका छन्।