श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाले जित हात पर्यो

काठमाडौं : श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाले जित हात पारेको छ । कोलम्बोमा शनिबार राति भएको खेलमा अफ्रीकाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा ६७ रनले पाखा लगाएको हो । जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रीकाले १-१ को बराबरी गरेको छ ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन मात्र बनाउन सक्यो । उसका लागि चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे । दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए । कागिसो राबडाले २ विकेट हात पारे ।

बिज्ञापन

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले । रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २र२ विकेट लिए । यसअघि पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको थियो ।