
काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदै छ। ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने छन्।

महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमालेले जनाएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्।
बिज्ञापन



विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ।
