
घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । उनले उत्कृष्ट बाइसाइकल किक गोल गरे ।
बिज्ञापन



त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाए । यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १–० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।