रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो ।

बिज्ञापन

९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।

समूह  ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ ।  एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

युनाइटेड नकआउट चरणमा स्थान बनाउँदा भिल्लारियल र एटलान्टालाई अर्को चरणमा प्रवेश गर्ने मौका रहेको छ ।