क्यानले कप्तान ज्ञानेन्द्र मल्ल सहित चार खेलाडीलाई कारबाही गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गर्ने भएको छ । ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान मल्लसहित चार खेलाडीले सार्वजनिक रूपमा वक्तव्यबाजी गरेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो ।

कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानकै गल्ती देखाउँदै पहिलोपटक स्पष्टीकरण बुझाएका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै क्यानले दोस्रोपटक स्पष्टीकरण सोधेको थियो । दोस्रो पनि क्यानले चित्त बुझाउने अवस्था नरहेको निष्कर्षसहित क्यानको अनुशासन छानविन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बिज्ञापन

चार खेलाडीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।