प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो।बैठक २२ गतेसम्मका लागि स्थगित भएको जनाइएको छ।

बिज्ञापन

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/ ७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो।

आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।